निगमको उडान रद्द घटना : ६ कर्मचारीलाई कारबाही सिफारिस | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

निगमको उडान रद्द घटना : ६ कर्मचारीलाई कारबाही सिफारिस

Tribhuvan-International-Airport-aviationnepal

काठमाडौं, ३० चैत । गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ । त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ । तर, नाम किटान गरेरै कारबाही सिफारिस गरिए पनि दोषीको नाम भने सार्वजनिक नगर्ने सहमति भएको छानबिन समितिका एक सदस्यले बताए ।

के भएको थियो त्यस दिन ?
१९ चैतको राति १० बजे नेपाल वायुसेवा निगमको जहाज दुबई जान यात्रु भरेर ठिक्क परेको थियो । जहाजका क्याप्टेनले ४ मिनेट समय थप दिन अनुमति मागेका थिए । तर, टावरले धावनमार्ग मर्मतका लागि भन्दै १० बजेपछि उडान अनुमति दिन नसक्ने जनाएर जहाज होल्ड गरिदिए । जहाज होल्ड भएपछि यात्रुलाई जानकारी दिएर होटेलमा राख्नुपर्नेमा निगमका कर्मचारीले केही यात्रुलाई होटेलमा लगे भने केही विमानस्थलमै बस्न बाध्य भए । १९ गते रोकिएको जहाज २० गते बिहान ८ः४५ मा मात्र उडेको थियो । तर, २६ चैतमा भने फ्लाई दुबईको जहाजलाई राति १०ः१७ मा पनि उडान अनुमति दिएको थियो ।

यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);