कर्मचारी रिझाउन तबल वृद्धि गर्दै स्थानीय तह | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

कर्मचारी रिझाउन तबल वृद्धि गर्दै स्थानीय तह

karmachari

काठमाडौं, ७ चैत । स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन् ।

ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका हुन् । विद्यमान कानुन अनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले कर्मचारीको सेवा सुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए । ‘केही तहले निर्णय कार्यान्वयन गरिसकेका छन् । प्रदेश लोकसेवा गठन भएसँगै अनुगमन गरी कर्मचारीलाई खुवाइएको तलब बेरुजु देखाइनेछ’, उनले भने, ‘त्यसपछि जनप्रतिनिधिले कर्मचारी रिझाएर अरू बेथिति गर्न सक्ने अवस्था रहन्न ।’ यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);