चुरे क्षेत्र दोहन हुँदै गएकोमा पूर्व राष्ट्रपति चिन्तित | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

चुरे क्षेत्र दोहन हुँदै गएकोमा पूर्व राष्ट्रपति चिन्तित

काठमाडौं, १६ भदौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे क्षेत्र दोहन हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले चुरे क्षेत्रको दोहन रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

शुक्रबार काठमाडौंमा आयोजित डा. बलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले यसरी चिन्ता प्रकट गरेका हुन् ।

 

पूर्व राष्ट्रपति यादवले सबै दलहरु संविधान कार्यान्वयनमा केन्द्रित भएकोमा भने खुसी व्यक्त गरेका छन् । पूर्व राष्ट्रपति यादवले सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा शान्ति, स्थिरता र विकासको क्रम सुरु हुने आशा जनतामा पलाएको बताए ।

 

उनले परिवर्तनलाई संस्थागत गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गरेर अघि बढन आह्वान गरे । पूर्व राष्ट्रपति यादवले तराईका बाढी र डुबान पीडितलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए ।

 

उनले बाढी र डुबानबाट तराईमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै राहत दिने काममा सहयोग गर्न सबै संघ, संस्थाहरुसँग आग्रह गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);