बटुकनाथ झा
धनुषा, २६ फागुन । धनुषाको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका पूर्व चिकित्सकहरुले काम गरेवापत तलबभत्ता नपाएको भन्दै अस्पतालको काउन्टरमा तालाबन्दी गरेका छन् ।
धनुषाको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका पुर्व चिकित्सकहरुले अस्पतालको काम छोडेको एक वर्ष बित्न लाग्दा समेत तलवभत्ता नपाएको भन्दै अस्पतालको काउन्टरमा तालाबन्दी गरेका छन् । विगतमा काम गरेर छाडेको १ वर्ष वित्न लाग्दा समेत पारिश्रमिक नदिएकाले बाध्य भएर तालबन्दी गर्नुपरेको चिकित्सक डाक्टर कर्मेन्द्र यादवले बताए ।
तालाबन्दीमा उत्रिएका चिकित्सकहरुको मागलाई अस्पताल प्रशासन मान्न तयार देखिंदैन । अस्पतालका प्रशासकिय प्रमुख डा. जयाउल हक्का अनुसार अस्पतालमका सबै डाक्टरहरुले आफ्नो पाउनु पर्ने पारिश्रमिक पहिल्यै लिइ सकेका छन् ।
तालाबन्दी पश्चात अस्पताल व्यवस्थापन पक्षले आफ्ना समर्थकहरुलाई बोलाएर ताल्चा फुटाएका छन् । काउन्टरमा तालाबन्दी गरेपछि झण्ड २ घण्टा अस्पतालको सेवा प्रभावित भएको थियो ।