विदेश नीति कमजोर भएको भन्दै सांसदद्वारा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

विदेश नीति कमजोर भएको भन्दै सांसदद्वारा सरकारको चर्को आलोचना

sanghiya samsadh

काठमाडौं, २४ माघ । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । बिहिबार संघिय संसदको विशेष संसदीय सुनुवाई समितीको बैठकमा संसदहरुले सरकारको चर्काे आलोचना गरेका हुन् ।

प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा समितिका सदस्य सुरेन्द्र पाण्डेले सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदुत नियुक्त गर्ने गरेको आरोप लगाए ।

बैठकमा समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरिन् । उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराईन् ।

यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाई सत्य नभएको दावी गरे । उनले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदुत नियुक्तीको कामलाई अघि बढाइएको समेत जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदुत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ती प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरिएको जानकारी दिए । गत असार २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट पारित गरेको राजदुत नियुक्ति सम्बन्धी निर्देशिकामा पद खाली हुन ३ महिना अघिनै राजदुत नियुक्तिको प्रक्रिया शुरु गर्ने व्यवस्था रहेको समेत परराष्ट्रमन्त्री ज्ञवालीको भनाई थियो ।