काठमाडाैं, २० माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रमका विषयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डले दिएको अभिव्यक्ति गलत भएको बताएको छ ।
आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकास निर्माणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी अभिव्यक्ति सार्वजनिक गर्न नहुने निश्कर्ष निकालेको हो ।
अध्यक्ष दाहालले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अमेरिकाको विरोध गर्दै विज्ञप्ती जारी गरेका थिए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले अमेरिका जस्तो मुलुकको राष्ट्रिय स्वार्थ र जनताको हितका लागि अनुदान सहायता दिँदै आएको मुलुकको विरोध सत्तारुढ दलकै अध्यक्षबाट हुनु दुर्भाग्यपूर्ण भएको निष्कर्ष निकाल्दै आईन्दा त्यसो नगर्न पनि सत्तारुढ दल नेकपा र सरकारलाई पार्टी संसदीय दलको बैठकले सचेत गराएको जानकारी दिए ।
बैठकले डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकारलाई दबाव दिन सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । सदनमा पनि सो सम्बन्धमा कुरा उठाउने तथा जनता र पार्टीका कार्यकर्तामार्फत् सो माग सम्बोधनका लागि सरकारलाई दवाव दिन सडक आन्दोलनलाई पनि जारी राख्ने निर्णय गरिएको पार्टीका खाँणले बताए ।