विवश कुमार सेजुवाल
सुर्खेत, १८ माघ । कर्णाली प्रदेशका पुराना देउडा सर्जकहरु आफ्नो संस्कृति जोगाउन लागी परेका छन् । देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै देउडा खेलाडीहरुले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा देउडा खेल सुरु गरेका छन् ।
कर्णाली प्रदेशका कालीकोट, जुम्ला, दैलेख लगायतका पश्चिम पहाडी जिल्लाका पुराना देउडा सर्जकहरु आफ्नो संस्कृति जोगाउन लागि परेका छन् । देउडा संस्कृति जोगाउन पुराना देउडा खेलाडीहरुले वीरेन्द्रनगरमा हरेक शनिबार देउडा खेल आयोजना गर्न शुरु गरेका छन् ।
देउडा खेल देउताबाट सुरु बताइन्छ । देउडाका अगुवा नेत्रराज शाहीेका अनुसार यो डेरो हिसाबले खेलिने भएकोले पनि यसलाई देउडा भनिएको हो ।
कर्णाली प्रदेशमा यसरी देउडा खेल कार्यक्रम गर्दा देउडामा लागेकाहरुलाई उर्जा मिलेको अर्का देउडा गायक पुष्पराज आचार्यको बुझाई छ ।
देउडालाई कर्णाली प्रदेशको मुल संस्कृतिको रुपमा हेरिन्छ । देउडा खेललाई महिला र पुरुषको माया प्रितीको भारी बिसौनीको रुपमा पनि खेलिने गरिन्छ । एका पट्टी महिला र अर्को पट्टी पुरुष बिस्तारै वाङ्गो तरिकाले लाम बसेर खेलिने भएकोले पनि यसलाई देउडा भनिएको यसका जानकारहरु बताउँछन् ।
पहिले पहिले कर्णाली र आसपासका क्षेत्रमा मात्र लोकप्रिय बनेको देउडा अचेल भने राजधानी काठमाडौं सहित अन्य देशमा पनि यसको लोकप्रिता बढेको छ ।




