भारतमा अन्ना हजारेको फेरी आमरण अनसन सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

भारतमा अन्ना हजारेको फेरी आमरण अनसन सुरु

एजेन्सी, १६ माघ । भारतमा चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमा बुधबार अनसन सुरु गरेका हुन् ।

लोकपाल कानून बनेको पाँच बर्षसम्म सरकारले कार्यान्वयन नगरेको भन्दै महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा हजारेले अनसन सुरु गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको बताइरहेका हजारेकै कारण सन् २०१३ मा लोकपाल कानुन बनेको थियो ।

तर त्यसको कार्यान्वयन अहिलेसम्म भएको छैन । कांग्रेस सरकारकै पालामा बनेको लोकपाल कानुन मोदी सरकार बनेको पाँच बर्षसम्म कार्यान्वयनमा आउन सकेको छैन । लोकपाल कानुनमा केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकायुक्त हुर्ने व्यवस्था छ ।

दुबै संस्था उच्च न्यायालय वा निर्वाचन आयोगसरह स्वतन्त्र हुन व्यवस्था रहेपनि कानुन कार्यान्वयन नै नभएपछि हजारेले अर्को अनसन सुरु गरेका हुन् । लोकपाल कानुनले भ्रष्टाचारसम्बन्धी कुनै पनि मुद्दाको तीन महिनाभित्र अनुसन्धान, छ महिनाभित्र सुनुवाई तथा भ्रष्टहरुलाई एकवर्षभित्र कारवाही गरि सक्नुपर्ने व्यवस्था गरेको छ ।

नागरिककोे काम तोकिएको समयमा नहुँदा समेत सम्बन्धीत अधिकारीले क्षतिपूर्ति जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको कानुनमा आम नागरिकको धेरै अपेक्ष रहेपनि कार्यान्वयनमा आएको छैन ।

हजारेले लोकपालबाहेक यसपटक किशानका समस्या समेत अनसको मुद्धा बनाएका छन् । उनले किशानका मल, बिउ तथा सहुलियत ऋणसहितका सुविधाका माग तत्काल संबोधन गर्न माग राखेका छन् ।

हजारेको आन्दोलन मार्फत राजनीतिमा स्थापित भएका केही अनुहार भारतीय राजनीति उच्च तहमा पुगिसकेका छन् । अन्नाको आन्दोलनमा अगुवा रहेका अरविंद केजरीवाल अहिले दिल्ली सरकारको मुख्यमन्त्री छन् भने किरण बेदी पुडुचेरीको राज्यपाल छन् ।

विभिन्न क्षेत्रको राजनीतिक दाउपेज चल्ने भएपछि उनले दिल्ली छोेडेर आफ्नो गाउँलाई अनशनस्थल रोजेका बताएका छन् । लोकसभाको निर्वाचन नजिकिरहेका बेला सुरु भएको अन्नाको अनशनले मोदी विरोधी पार्टीहरुलाई फाइदा पुग्न सक्ने आकलन गरिएको छ । तर अन्नाले भने कुनै पार्टी र व्यक्तिप्रति आफ्नो अनशन लक्षित नभएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);