मधेस झरे माओवादीका शीर्ष नेता, वीरगन्जमै पार्टी बैठक आयोजना | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौं, १५ भदौ । माओवादी केन्द्रले पार्टीको सर्वोच्च निकाय केन्द्रीय सचिवालय बैठक वीरगन्जमा गर्ने भएको छ । भदौ १७ गते आयोजना हुने बैठकका लागि उसले सबै शीर्ष नेतालाई मधेस बोलाएको छ। यसअघि उक्त बैठक काठमाडौंमा बोलाइए पनि बुधबार मात्रै स्थान सारेर वीरगन्ज पु-याइएको हो।

 

पार्टीको सर्वोच्च संरचना ‘हेर्डक्वार्टर’ विद्दटन गरी सचिवालयलाई नै सर्वोच्च कार्यकारी संरचना बनाएपछि माओवादीले पहिलो बैठक मधेसमा गर्न लागेको हो।

 

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन परिणाममा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले नेतालाई मधेसमै बोलाएर बैठक गर्न लागिएको प्रवक्ता पम्फा भुसालले बताइन् । मधेसमा माओवादी प्रभाव जबर्जस्त रुपमा स्थापित हुँदै गएको सन्देश दिन खोजिएको भुसालले बताइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।