संसदमा पहिलो पटक प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

संसदमा पहिलो पटक प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तर

samsadma pradhanmantri

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पहिलो पटक सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन । संघीय संसद अन्तरगतको प्रतिनिधिको शुक्रवारको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग देशको समसामयिक बिषयमा प्रश्न गरेका छन ।

यसअघि यो व्यवस्था रहेको थिएन । संघीय संसदको नियम ५६ अनुसार संसदमा सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले राम्रोसँग काम गरिरहेको दाबी गरे । उनले सरकार देशका समस्या समाधान प्रति गम्भीर रहेको भन्दै राष्ट्रिय आवश्यकता हेरेर काम गरिरहेको उल्लेख गरे ।

संसद नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा १० जनासम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);