अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

pakrau

काठमाडौं, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);