नयाँ दिल्ली स्थित नेपाली दूतावासले बनायो करोडौं खर्चेर प्रिफेब भवन, अख्तियारको चासो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

नयाँ दिल्ली स्थित नेपाली दूतावासले बनायो करोडौं खर्चेर प्रिफेब भवन, अख्तियारको चासो

nepali dutabas

काठमाडौँ, २२ पुस । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आफैंले चर्चेको जग्गामा कंक्रिट भवन बनाउन अनुमति नपाएपछि करोडौं रकम खर्चेर प्रिफेब भवन बनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

बारखम्बा रोडमा रहेको दूतावास परिसरमुनिबाट चार वर्षयता दिल्ली मेट्रो सञ्चालन भइरहेको छ ।

‘यो क्षेत्र भारत सरकारको विशेष क्षेत्र (लुटेन्स बंग्लो जोन) भएकाले आवासीय कंक्रिट भवन बनाउन अनुमति मिल्न सकेन,’ दूतावासका एक उच्च अधिकारीले कान्तिपुरसँग भने, ‘त्यसैले नक्सापास अनुमति नचाहिने प्रकारका चारवटा ब्लक प्रिफेब संरचनामा बनाएका हौं ।’

अप्रिलमा निर्माण सम्पन्न भएर हाल कूटनीतिक कर्मचारीको बसोबास सुरु भइसकेको ४ वटा ब्लक बनाउँदा झन्डै ५ करोड रुपैयाँ खर्च भएको दूताावासले जनाएको छ । चारमध्ये २ ब्लक ‘सिंगल’ रूपमा र एउटा ‘डबल’ रूपमा निर्माण भएको छ ।

ताजा समाचार