काठमाडौं, १८ पुस । छाला मानब शरिरको बहिरी आवरण हो । यसको बचावट निकै महत्वपुर्ण मानिन्छ । आफ्नो सौन्दर्य बचाउन मौसम अनुसारको छालाको रेखदेख गर्नु अनिवार्य रहेको छ । छालाका दुई तहहरु हुन्छन् । १) तेल ग्रन्थि २) रोम क्षेत्र हुन्छ । सबैको छाला एकै किसिमको हुदैन । सुन्दर बन्न कस्लाई मन लाग्दैन र ? सौन्दर्य कस्लाई मन नपर्ला र ? छालामा हुन सक्ने सक्रमण, छालालाई कसरी स्वस्थ राख्न सकिन्छ हाम्रो मानिसहरुको छाला मौसम अनुसारको छुट्टाछुट्टै हेरचाह चाहन्छ । जाडो मौसममा छुट्टै र गर्मीमा छुट्टै हुन्छ । यसमा देखिने असरहरु फरक हुन्छन् ।
छालाको केहि हेरचाह गर्ने तरिकाहरु :
१) क्रीमको प्रयोग गर्दा एकदम कम चिल्लो भएको सनब्लक लोसनको प्रयोग गर्ने ।कम्प्याट तथा लुज पाउडर बढि मात्रामा प्रयोग गर्ने ।
२) घाममा हिड्दा छाता अनिवार्य रुपमा प्रयोग गर्ने ।
३) पानी प्रसस्त पिउने ।
४) चिल्लो, पिरो तथा माछामासु कम खाने ।
५) हरियो तरकारी तथा फलफुल खाने ।
एउटा व्यक्ति जब जन्मन्छ तब उसको छाला एकदमै कमलो र नरम हुन्छ । जब उमेर जवान हुदै जान्छ २० वर्ष पछि बिस्तारै छालाका त्यो नरम र कोमलपन हट्दै जान्छ । पछिल्लो समयमा जवान उमेर देखि बृद्द-बृद्दाहरु पनि छालालाई लिएर चिन्तित भएको पाईन्छ । यसकारण पहिलेको तुलनामा छाला सम्बन्धि समस्या लिएर अस्पताल जानेको सङ्खा पनि प्रसस्तै भेटिन्छन् । छालाका हेरचाह गर्नका लागि हामीले के-कस्ता सुरक्षा अपनाउन सकिन्छ ? यसमा देखिन सक्ने असरहरु के-के हुन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले चर्म रोग विशेषज्ञ डाक्टर जेविना लामा संग गरेकाे भिडियाे हेर्नुहोस्:




