काठमाडौं, २८ मंसिर । सरकार संचालन भएको ९ महिना बढी भईसक्यो । सरकारको बारेमा थुप्रै खालका टिप्पणीहरु भईरहेका छन् । पछिल्लो समयमा सरकारले गर्नुपर्ने भन्दा बेग्लै खालको काम गरिरहेको भनेर टिप्पणी भईरहेको छ । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन, आम जनतालाई दिनुपर्ने सुबिस्ता र सुशाशन दिन सकेन र आफ्नो कामबाट आम जनतालाई आश्वस्त पार्न सकेन पनि टिका टिप्पणी भई नै रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले सरकारको कामको बारेमा अबको स्थायी समिति बैठकमा खुब चर्चा र आगोको झिल्का निकाल्छौ भनेर भनिरहेका छन् । सरकार बलियो छ तर उसले आफु बलियो भएको प्रमाण किन दिन सकिरहेको छैन ? सरकारलाई के कुराले अल्झाईरहेको छ ? सरकार गठन हुँदा मधेस केन्द्रित दलहरुलाई संविधान संशोधन गर्छौ भनेर साकारमा सहभागि गरेको थियो तर के कारणले संशोधन गर्न सकेन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक विजयकान्त कर्णसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकार असफल बनाउन यसरी हुँदैछ षडयन्त्र : विजयकान्त कर्ण (भिडियो सहित)
ताजा समाचार
‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल
१ दिन अघि