काठमाडौं, २८ मंसिर । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ।
ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।