विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव सम्पन्न

bibah panchami-tilotsab

जनकपुरधाम, २४ मंसिर । रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन जनकपुरमा विभिन्न कार्यक्रम गरिएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको सोमवार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट पाँचसय भन्दा बढि पाहुर ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । तिलकोत्सवको अवसरमा जानकी मन्दिरका महन्थ दास वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीले ‘समधिमालान’ अंकमाल गरेका थिए ।

त्यसैगरी, भारतको अयोध्याबाट हात्ती तथा घोडामा जयन्तीको रुपमा आएका साधु सन्तहरुलाई जटहीमा जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासद्वारा स्वागत सत्कार गरियो ।

विवाहपञ्चमीको पाँचौ दिन भोली मंगलवार जानकीको मटकोर हुनेछ । त्यसैगरी, विहिवार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको आयोजकले जनाएको छ ।