नेपालमा पनि अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

नेपालमा पनि अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस मनाईयो

काठमाडौं, २१ मंसिर । अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ । यसै अवसर पारेर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभातफेरी सहितको एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबैसँग हातेमालो गरेर विश्वका सबै उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रतिवद्ध भएर काम गर्न सम्बन्धित निकायलाई सचेत गराए ।

उनले उडानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले मुलुकको आर्थिक तथा सामाजिक प्रगतिमा महत्वपूर्ण योगदान दिने उडान क्षेत्रबारे जनचेतना जगाउन सो दिवस बनाइएको स्पष्ट पारे ।

उनले एक वर्ष भित्र युरोपियन युनियनले नेपालको उडान भर्न लगाएको प्रतिबन्ध हटाउने गरी काम भईरहेको पनि जानकारी दिए । प्राधिकरणले उडड्यन क्षेत्रलाई उन्नत बनाउन सक्दो पहल भईरहेको दावी समेत गर्दै आएको छ ।

ताजा समाचार