काठमाडौं, १९ मंसिर । प्रभु बैंकले नेपाल भारतका सिमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा सेवा उपलब्ध गराउने नयाँ एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ ।
बैंकले झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बिहीवारदेखी एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको हो ।
भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहकाबीच जलेश्वर भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरे । त्यसैगरी अन्य एक्सटेन्सन काउण्टरको सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुले उद्घाटन गरेका थिए । यसबाट सीमा नाकाका भन्सार कार्यालयहरुको स्तरोन्नती हुनुका साथै आयात निर्यातको क्षेत्रमा बढोत्तरी भई राजश्व संकलनमा बृद्धि हुने अपेक्षा बैंकले गरेको छ ।




