निर्मलाका बुबाको कलेजोमा संक्रमण, मुटुकाे चाल १३० पुग्याे | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

निर्मलाका बुबाको कलेजोमा संक्रमण, मुटुकाे चाल १३० पुग्याे

nirmala pant buba yagyaraj

काठमाडौं, १० मंसिर । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण देखिएको छ ।

छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेका उनकाे स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

प्रारम्भिक स्वास्थ्य परीक्षणमा यज्ञराजको कलेजोमा संक्रमण देखिएको हाे । आकस्मिक विभागका डाक्टर तिर्थमान श्रेष्ठका अनुसार उनको कलेजोमा संक्रमणका साथै मुटुकाे चाल १३० पुगेको छ । उनले भने, ‘नर्मल व्यक्तिको मुटुको चाल सयको हाराहारीमा हुनु पर्छ ।’ याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);