धान खेती छोडेर तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

धान खेती छोडेर तरकारी खेतीतर्फ आकर्षित

tarkari kheti

मदन विक
बाजुरा, ६ मंसिर
। परम्परागत खेतीबाट तीन महिना पनि राम्रोसँग खान नपुग्ने भएपछि पछिल्लो समय बाजुराका अधिकांश किसानहरु तरकारी खेती तर्फ आकर्षित भएका छन् । तरकारी खेतीबाट एक वर्षसम्म पुग्ने उत्पादन हुन थालेपछि उनीहरु धान खेती छोडेर त्यसतर्फ आकर्षित भएका हुन् ।

भारतमा लामो समय चौकीदारी गरेर घर फर्केका बुढीगंगा नगरपालिका–१० मोटाबाडाका हेमन्त बुढाले अहिले गाउँमा नै तरकारी खेती सुरु गरेका छन । सामान्य तरकारी खेतीबाट सुरु भएको उनको तरकारी खेती अहिले १४ रोपनी जग्गामा बिस्तार भएको छ । उनको पूरै परिवार अहिले व्यवसायिक तरकारी किसान बन्न सफल भएको छ ।

साथै, सोही नगरपालिक–५ बेलकाटीयाका देवराज पाध्यायले समेत आफ्नो धान र गहुँ फल्ने खेतमा व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । आफ्नै अगुवाईमा गाउँका अन्य किसानले पनि व्यवसायिक खेती गर्न थालेको पाध्यायले बताए । पाध्यायको बारीमा अहिले काउली, बन्दा, टमाटर, लगायत फलफुल लटरम्म फलेको छ ।

हेमन्त र देवराजले जस्तै बाजुराका अन्य कृषकहरुले धानबाली लागाउने खेतमा तरकारी लगाउन थालेका छन् । धान लगाउँदा तीन हजार बराबरको धान उत्पादन हुनेमा अहिले तरकारी खेतीबाट एक सिजनमै ४० हजार बराबरको आम्दानि हुने कृषकहरु बताउँछन् ।

पछिल्लो समय गाउँमा ठूलो मात्रामा तरकारी खेती लगाउने गरिएको छ । तरकारीले मूल्य पनि पाउने र अन्य खेती भन्दा राम्रो आम्दानी पनि हुने भएपछी बाजुराका कृषकहरु तरकारी खेतीमा आकर्षित बन्दै गएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);