मर्निङ वाक खतरापुर्ण ! | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

मर्निङ वाक खतरापुर्ण !

काठमाडौं, ३ मंसिर । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ।

बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।

बढ्दो वायु प्रदुषणका कारढा मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ । सास फेर्दा थुलोधुवाँका कण असर पुग्छ, उनले भने । ठुला कण श्वासप्रश्वास नलीमा अडकन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । २.५ माईक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् ।

फोक्सोबाट रक्तसञ्चार प्रणालद्धारा मुटु, मिर्गौला, छालालगायत अंगमा असर पुग्छ, डा. पौडेलले भने ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);