नवदुर्गाको मुर्ति बनाउन कालिगढलाई भ्याइ नभ्याइ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नवदुर्गाको मुर्ति बनाउन कालिगढलाई भ्याइ नभ्याइ

कपिलबस्तु, २९ असोज । विजया दशमीको आगमनसँगै नवदुर्गाको मुर्तिको माग ह्वातै बढ्न थालेपछि अहिले कपिलबस्तुका कालिगढलाई भ्याइ नभ्याई भएको छ । विजया दशमीको डेढ महिना अगावै मुर्तिकारहरुले धमाधम भगवानी नवदुर्गाको विभिन्न अवतारका मुर्तिहरु बनाउन सुरु गरेता पनि अझै माग अनुसारको आपुर्ति गर्न भने सकिरहेका छैनन् ।

हिन्दुहरुको महान पर्व विजया दशमीको नवरात्रिमा नवदुर्गाको विभिन्न अवतारलाई पुजा गर्ने प्रचलन छ । यससँगै बिजया दशमीको आगमनसँगै भवानी नवदुर्गाको मुर्तिको माग समेत ह्वातै बढ्न थालेपछि अहिले कपिलबस्तुका कालिगढलाई भ्याई नभ्याई भएको हो ।

जिल्लाको ६ नगरपालिका र ५३ गाउँपालिकामा विजयादशमीको अवसरमा ५ सय बढी स्थानमा भगवान दुर्गाको मुर्तिको झाँकी निकालिँदै छ । जसका कारण जिल्लाका कालिगढहरुले माग अनुसारको मुर्तीको आपुर्ति गर्न नसक्दा भारतको विहारबाट कृष्णनगर र छोट्की गुरचिहवाबाट समेत चारजना कालिगढ मूर्ति बनाउन आएका छन ।

यतिबेला कालीगढहरु धमाधम मुर्ती बनाउन व्यस्त रहेता पनि अझै मुर्तिको माग अनुसारको आपुर्ति गर्न भने सकिरहेको अवस्था छैन । कालीगढहरु मूर्तिहरुमा देव देवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रंग रोगनमा दैनिकी वित्ने गरेको छ ।

यतिबेला दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवी देवताका मूर्ति तयार भइरहेका कालीगढले बताएका छन् ।

भक्जनहरुले एक महिना अगाडी देखि नै दुर्गाको मुर्तिको लागि बुकिङ गरेको कालिगढको भनाई छ । कालिगढहरुले मर्तिको लागि चाहिने औजार र सजावटका सामग्रीहरु भारतको खरिद गरि ल्याउने गरेका छन् ।

जिल्लाको मुख्य बजार कृष्णनगर, चन्द्रौटा, बहादुरगञ्ज तथा सदरमुकाम तौलिहवामा समेत दुर्गाको झाँकी निकाल्ने हुँ मूर्तिको माग बढेको कालीगढ बताउँछन् ।

१५ हजार देखि ३० हजार सम्मको मुर्ती किन्ने गरेको भक्तजनले बताएका छन् । माग अनुसार मुर्ति समयमै उपलब्ध गराउनु परेकोले आफुलाई यतिबेला कामको निकै चटारो परेको कालीगढ बताउँछन् । कालिगढले १५ हजार देखि ३० हजार सम्मको मुर्ती बिक्री गर्ने गरेका छन् ।