काठमाडौं, १२ असोज । दशैका लागी असोज ९ गते खोलीएको अग्रीम टिकट तीन दिनमा ५० प्रतिशतले सर्बसाधारणले लिईसकेका यातायात ब्यबसायीले बताएका छन ।
हरेक वर्ष दशैमा २५ लाख मानिस बाहिरीने अनुमान गरीएको छ । त्यस मध्ये ३ दिनमा १२ लाखले टिकट पाईसकेको अनुमान छ । तर अझै पनी कतीपय सर्वसाधारणले भने टिकट सकिएको भन्दै आफुहरुले टिकट नपाएको गुनासो गरेका छन । सरकार र यातायात ब्यबसायीहरुको सहमती पछि यातायातको भाडादर बढाएर असोज ९ गते मंगलवारवाट अग्रीम टिकट खुल्ला गरीयो । दशैका लागी असोज ९ गते देखी खोलीएको अग्रीम टिकट ३ दिनमा ५० प्रतिशत सकीएको यातायात ब्यबसायीले बताएका छन । दशैका समय उपत्यका बाट लगभग २५ लाख मानिस बहिरीने अनुमान छ । ब्यबसायीका अनुसार हालसम्म १२ लाख मानिसले टिकट लिईसकेका अनुमान गरेको छ ।
टिकट सरल रुपमा पाईएको र यदि सवारी साधन नपुगेमा राधानीमा गुडने सवारीलाई विकल्पका रुपमा पठाईने ब्यबसायीहरुको भनाई छ । ब्यबसायीहरुले ५० प्रतिशत टिकट अझै बाँकि रहेको बताउदै गर्दा कतिपय सर्वसाधारणले टिकट नपाएको गुनासो गरेका थिए । टिकट वुकिङमा विचौलियाहरु सक्रिय रहने गरेका कारण हल्लाकै भरमा टिकट सकिएको होकि भन्ने कतिपय सर्बसाधारणको भनाई छ । टिकट वुकिङमा सर्बसाधारणले झेल्नुपरेका समस्या समाधान गरी सहजरुपमा टिकट पाउने ब्यवस्था गर्न सम्वन्धित पक्षले बेलैमा ध्यानदिनु जरुरी छ ।