नेपाल, भारत र चीन मिलेर ठूला परियोजना निर्माण गर्ने समय यहि हो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

नेपाल, भारत र चीन मिलेर ठूला परियोजना निर्माण गर्ने समय यहि हो : प्रचण्ड

चितवन, ८ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीन मिलेर ठूला परियोजना निर्माण गर्न बर्तमान समय अनुकुल भएको बताएका छन् ।

सोमवार जिल्ला समन्वय समिति चितवनले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले १५ हजार मेगावाट सम्मका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तरदेशीय सम्बन्धलाई मजवुत बनाउने तर्फ ध्यान दिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले चितवनलाई देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।