प्रधानमन्त्रीले समयको वेवास्ता गरेको परराष्ट्रविद्को आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

प्रधानमन्त्रीले समयको वेवास्ता गरेको परराष्ट्रविद्को आरोप

kp oli to america

प्रकाश ढकाल
काठमाडौं, ७ असाेज । संयुक्त राष्ट्रसंघ महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओली न्युयोर्क प्रस्थान गरेपछि परराष्ट्रविज्ञहरुले प्रधानमन्त्रीले समयको वेवास्ता गरेको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्र संघ महासभाको ७३औं अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओली बीस जना नेपाली प्रतिनिधि मण्डल सहित अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने बनाउने’ संयुक्त राष्ट्रसंघ महासभाको मूल विषय रहेको छ ।

समयको महत्व बुझेको प्रधानमन्त्री भनेर स्वघोषणा गर्ने प्रधानमन्त्रीले असोज ९ गतेदेखि ११ गतेसम्म हुने जम्मा तीन दिने सभाको बहानामा बीस सदस्यीय जम्बो टोली लिएर एक हप्तासम्म अमेरीकी राष्ट्रहरुमा सयर गर्दा आमनागरिक तथा परराष्ट्रविद्हरु अचम्म परेका छन् ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार नेल्सन मन्डेला शान्ति शिखरबैठकमा र असोज ११ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सबै विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले सोमबार आयोजना गरेको रात्रि भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

साथै उनले न्यूयोर्कमै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेस, स्वीट्जरल्याण्डका राष्ट्रपति एलियन बेरसेट र कम्बोडियाका प्रधानमन्त्री समदेच मोहा सेना पदेई तेको हुन सेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । तर, कुनै पनि भेटघाटहरु नेपालसँग विशेष सम्बन्ध राख्ने भन्दा पनि सामान्य औपचारिकतामै सिमित हुने खालका रहेका छन् ।

संयुक्त राष्ट्र संघ महासभाको ७३औं अधिवेशनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीबाट नेपालले उल्लेखनीय कुनै पनि कुरा प्राप्त गर्न नसक्ने सरोकारवालाहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);