चुनावमा जाने राजपाको निर्णय, चिन्ह छान्ने जिम्मा अध्यक्ष मण्डललाई | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काठमाडौँ, ८ भदौ । चुनावमा जाने–नजाने अन्योल चिर्दै राष्ट्रिय जनता पार्टी (राजपा) चुनावी रणनीति र कार्यक्रम बनाउन जुटेको छ। बुधबार सम्पन्न पदाधिकारी बैठकले चुनावमा जाने निर्णय लिएपछि पार्टी तयारीमा लागेको हो।

 

बैठकले चुनावी तयारीका लागि समिति गठन, चुनाव चिन्ह रोज्नेलगायत विषयमा निर्णय लिन अध्यक्ष मण्डललाई जिम्मा दिएको पार्टी महासचिव मनीष सुमनले बताए।

 

उनका अनुसार लगत्तै बसेको अध्यक्ष मण्डल बैठकमा उम्मेदवार चयनका लागि मापदण्ड तय गर्ने, निर्वाचन समिति गठन गरी कार्यक्रम र नारा बनाउनेलगायत विषयमा छलफल हुँदै छ।

 

बैठकले चुनावी प्रचारप्रसार समिति, घोषणापत्र समिति, आर्थिक समिति, उम्मेदवार चयन संयन्त्र, केन्द्रीय नेता परिचालन, चुनाव चिन्ह छनोटजस्ता निर्णय लिने सुमनले बताए। यसअघि पदाधिकारी बैठक दुई दिनसम्म चलेको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

ताजा समाचार