गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

Rohingya_refugee

काठमाडौं, २३ भदौ । भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गी आप्रवासी घुसपैठ गराउनह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ। गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ। यसरी अवैध रूपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जाहरू बूढानीलकण्ठ–११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन्।

निरन्तर रूपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए। आप्रवासी र स्थानीय बासिन्दाबीच गत वर्ष झडपको स्थिति उत्पन्न भएको थियो। घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको थियो।

रोहिन्जा बसोबास गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष राजु अधिकारीले भने, ‘नेपाली महिला विवाह गरेका अफगान नागरिक गैरकानुनी आप्रवासी भिœयाउन सक्रिय रहेछन्। स्थानीयको प्रतिकारपछि उनी देखा परेका छैनन्। तथापि, रणनीति परिवर्तन गरेर त्यस्ता गिरोहको गतिविधि जारी छ।’

गैरकानुनी रूपमा ल्याउने र छाड्ने गतिविधि गरिरहँदा घुसपैठ हुने संख्या बढ्दै गएको छ। अफगान नागरिकले देशबाहिर समन्वय गरी ल्याउने र नेपाली महिलाले बासस्थान खोजेर राखिदिने गर्दै आएका छन्। जसका कारण काठमाडौं उपत्यकाको रिङरोड वरपरका क्षेत्रमा भाडामा बस्ने आप्रवासीको संख्या बढ्दै गएको छ।

कपन, हात्तीगाैंडा, बूढानीलकण्ठ, महाराजगन्ज, बानियाँटारलगायतका क्षेत्रमा गैरकानुनी आप्रवासीहरू कोठा भाडामा लिएर बस्दै आएका छन्। बेलाबेलामा आप्रवासी भित्र्याउने गिरोहका सदस्य बस्तीमा आउनु र आप्रवासीको संख्या बढ्नुले गतिविधिले निरन्तरता पाएको पुष्टि हुने अधिकारीको भनाइ छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);