बुटवल, १ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा कांग्रेसले बुटवलमा प्रदर्शन गरेको छ । उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म कर बढाएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर बृद्धि बुटवलका जनताले नरुचाएको बताए ।
उनले बढाएको कर तत्काल फिर्ता गर्न माग गरे । बढाएको कर फिर्ता नगरे थप आन्दोलन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।