लुम्बिनी कोषमा विवादित व्यक्ति | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

लुम्बिनी कोषमा विवादित व्यक्ति

काठमाडौं, ३१ साउन । सरकारले अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा गरिएका सहसचिव विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्त गरेको छ ।

नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण निर्णय कार्यान्वयन हुन भने नसकेको छ ।
मन्त्रिपरिषदले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नियुक्त गरेको हो ।

जिल्ला विकास समिति ललितपुरमा छँदा विनियम निर्माणको अनियमिततामा मुछिएका उनलाई पछि अख्तियारले कारबाही सिफारिस गरेको थियो । ढकालको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा समेत मुद्दा परेको छ । समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);