त्रिविले अझै पनि शैक्षिक क्यालेन्डर लागु गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

त्रिविले अझै पनि शैक्षिक क्यालेन्डर लागु गर्न सकेन

tu

कविता कार्की

काठमाडौं, ३० साउन । त्रिभुवन विश्व विद्यालयले शैक्षिक क्यालेन्डर लागु गर्न नसक्दा शैक्षिक शत्र अस्तव्यस्त भएको छ । तर, त्रिवी प्रशासन भने प्राविधिक तथा कानुनी जटिलता देखाए जिम्मेवारीबाट पन्सने प्रयास गरिरहेको छ ।

कुनैपनि विश्वविद्यालयमा क्लासरुम, करिकुलम र क्यालेण्डर व्यवस्थित नहुँदासम्म विश्वविद्यालयका प्रभाकारिता स्थापित हुँन सक्दैन । तर, देशकै सबैभन्दा पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालय समेत यी सबै कुरामा अव्यवस्थित बनिरहेको छ ।

शैक्षिक क्यालेण्डर लागु गर्ने भनेर त्रिविमा लामो समय देखि बहस भइरहेको छ । तर, सेमेस्टर प्रणाली सुरु गरेर पनि त्रिविले आफ्नो क्यालेन्डर भने लागु गर्न सकेको छैन । यसलाई व्यपस्थित गर्ने काम त्रिविका पदाधिकारीको हो । तर, उनीहरुसमेत हारको मनस्थितिमा देखिएका छन् ।

विश्वविद्यालयमा नयाँ प्रविधिको प्रयोग गर्दा दक्ष कर्मचारीको आवश्यकता पर्ने अनि सरकारले नयाँ कर्मचारी नियुक्ती गर्नसमेत नदिने गरेका कारण हात बाँधेर बस्न बाध्य भएको त्रिविका उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाको गुनासो छ ।

त्रिविसँग शैक्षिक क्यालेन्डर लागू गर्नेदेखि अनलाइन ट्रान्सक्रिप्ट वितरण जस्ता योजनाहरु पनि छन् । तर, ती योजना सरकारकै असहयोगका कारण अलपत्र परेको उपकुलपतिको भनाई छ ।

त्रिविमा देखिएको समस्याको समाधान नेतृत्वको हिसावले प्रा.डा. खनियाँले नैं गर्नुपर्ने हो । तर, तीनवर्षे कार्यकाल चलिरहेका त्रिवि उपकुलपति खनियाँ आफू बाँकी अवधी काम गर्ने भन्दा पनि छोड्ने मुडमा रहेको बताउँछन् ।

एउटा जिम्मेवार व्यक्तिले आफ्नो विभागलाई अस्तव्यस्त छोडेर कार्यकाल सकाउने हतारो देखाउनुले त्रिविको दुरावस्थालाई संकेत गरेको शिक्षाविदहरुको बुझाई छ । उनीहरु समस्याको समाधान गरेर मात्र विदा लिन उपकुलपति खनियालाई शुझाव दिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);