बाँकेमा छाडा चौपयाका कारण सडक दुर्घटनामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

बाँकेमा छाडा चौपयाका कारण सडक दुर्घटनामा वृद्धि

pashu in road

टेकेन्द्र बस्याल
बाँके, २४ साउन
। बाँकेको पूर्व पश्चिम राजमार्गमा छाडा पशुचौपयाका कारण सडक दुर्घटना बढेको छ । आर्थिक बर्ष २०७४-०७५ मा बाँकेमा १ सय ८६ वटा सवारी दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ । जसमध्ये ३९ वटा दुर्घटना छाडा पशुचौपायका कारण भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनमा छाडा पशु छोड्दा दुर्घटना बढेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार आर्थिक वर्ष २०७४-०७५ मा राजमार्गमा १ सय ८६ वटा सवारी दुर्घटना भएकोमा १९ जनाको मृत्यु भएको छ । राजमार्गमा छोडिएका छाडा पशुचौपायले सवारी चालक, स्थानीय र निकुञ्जका कर्मचारीलाई सास्ती भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका अनुसार ३९ वटा दुर्घटना छाडा पशुचौपायका कारण भएको छ । जसमा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते र ४० जना सामान्य घाईते भएका छन् ।

छाडा पशुचौपया नियन्त्रणको प्रयास भएपनि प्रभावकारी भएको छैन । जसका कारण दुर्घटना बढेको भन्दै सरोकारवालाले दीर्घकालीन रुपमा छाडा पशुचौपयाको व्यवास्थापन गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);