देशभर हालसम्म करिब ९० प्रतिशत रोपाई सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

देशभर हालसम्म करिब ९० प्रतिशत रोपाई सम्पन्न

ropai

काठमाडौं, १९ साउन । कृषि विकास मन्त्रालयले हालसम्म देशभर करिब ९० प्रतिशत रोपाई सम्पन्न भएको जनाएको छ । कृषि विकास मन्त्रालयले संकलन गरेको अभिलेख अनुसार देशका धेरै भागमा रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो सातासम्म ७७ प्रतिशत मात्र रोपाईं भएको थियो ।

अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाईं भएकोमा यस वर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँँ हुने अनुमान मन्त्रालयले गरेको छ ।

गत आर्थिक वर्षमा देशभर ५१ लाख ५१ हजार मेट्रिक टन धान फलेकामा अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक बर्ष २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको अभिलेख मन्त्रालयसँग छ ।

मन्त्रालयका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र निकै राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वमासमेत वृद्धि भई कुल उत्पादनको ७१ प्रतिशत योगदान रहेको छ । त्यसै गरी पहाडी क्षेत्रमा २९ प्रतिशत उत्पादन हुने गरेको छ ।

मौसमको प्रतिकुलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाईंमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँँ हुने गरेको छ । देशभर १५ लाख ५२ हजार हेक्टर जमीनमा धानखेती गरिन्छ । धान उत्पादनमा करीब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);