'नौं महिना भित्रमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा' | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

‘नौं महिना भित्रमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा’

bhairawaha airport

काठमाडौं, १६ साउन । सरकारले नौं महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले नौं महिना भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६० प्रतिशत सम्पन्न भईसकेको जानकारी दिए ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी पनि भईरहेको बताए । मन्त्री अधिकारीले लुम्विनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति गरिएको जानकारी दिए ।