१०२ विद्यार्थीलाई १ शिक्षक ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

१०२ विद्यार्थीलाई १ शिक्षक !

student teacher

काठमाडौं, १५ साउन । प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन्।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार मावि तहमा उक्त गाउँपालिकामा शिक्षक अनुपात १०२ रहेको छ। माविमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यदलले देखाएको हो। यहाँ १० विद्याथी बराबर एक शिक्षक छन्।

प्राथमिक तहको सबभन्दा कम रसुवाको उत्तरगंगा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकामा प्रतिशिक्षक नौ र सबैभन्दा बढी काठमाडौंको टोखा नगरपालिकामा प्रतिशिक्षक ६१ विद्यार्थी रहेको छ ।,

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमाली जिल्लामा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० हुनुपर्ने व्यवस्था गरेको छ। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।