काठमाडौं, ११ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आइतबारदेखि खुल्ने भएको छ । करिब डेढ महिनादेखि रोकिएको लाइसेन्सको आवेदन आइतबारदेखि खुल्ने भएको हो ।
अन्य सबै प्रदेशमा लाइसेन्सको आवेदन खुल्ने भए पनि प्रदेश २ मा भने तत्काल आवेदन नखुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार प्रदेश २ को सरकारले आफूले अनुमति दिएपछि मात्र लाइसेन्सको वितरण खोल्न पत्राचार गरेकाले तत्काल २ नम्बर प्रदेशमा लाइसेन्सको आवेदन नखुल्ने भएको हो ।
काठमाडौं उपत्यकामा चारसहित प्रत्येक अञ्चलमा एउटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । एक महिनाभन्दा लामो समयदेखि हिसाब मिलान भन्दै विभागले लाइसेन्सको आवेदन लिन रोकेको थियो ।




