रेडियो, टेलिभिजनलाई इजाजत रोक | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

रेडियो, टेलिभिजनलाई इजाजत रोक

office of pm

काठमाडौं, ९ साउन । सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ ।

रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयबाट नयाँ इलाजतामा रोक लगाएको छ । मन्त्रालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र जारी नगर्न निर्देशन दिएका छ ।

मन्त्रालयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण कार्य नगर्न विभागलाई निर्देशन दिएको छ । समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);