शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप निन्दनिय : देउवा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप निन्दनिय : देउवा

काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बानेश्वरमा भएको शान्तिपुर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेर अमानविय चरित्र देखाएको भन्दै घटनाको भत्र्सना र निन्दा गरेका छन् ।

प्रहरीसंगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवस्थित सिभिल अस्पताल पुगेका सभापति देउवाले शान्तिपुर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका हुन् ।

सरकारले अपराधपुर्ण तरीकाले तरुणदलका अध्यक्ष सहित आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने काम गरेको दाबी गरे । उनले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आईन्दा यस्तो काम बन्द गर्न पनि सरकारलाई चेतावनी दिए ।

पुर्व घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रर्दशनका क्रममा नयाँ वानेश्वरमा प्रहरीसंग झडप हुंदा तरुण दलका अध्यक्ष बस्नेत सहित तीन दर्जन बढी घाईते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);