काठमाडौं, ३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता नलिने बताएका छन् । शिक्षामन्त्री पोखरेलले बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयकमा माथेमा आयोगका अधिकांश सुझाव समेटिकाले फिर्ता नलिने बताए ।
मन्त्री पोखरेलले संसदीय प्रक्रियामा अगाडि बढिसकेकाले विधेयक परिमार्जन गर्ने-नगर्ने संसद्को अधिकार भएको बताए । उनले कुनै एक व्यक्ति अनसन बसेका आधारमा सरकारले संसद्को अधिकार हनन् हुने कदम नचाल्ने पनि बताए ।
मन्त्री पोखरेलले विधेयकमा छुटेका विषयलाई कसरी समावेश गर्ने भन्ने विषयमा अब संसद्ले नै आवश्यक निर्णय लिने बताए ।