काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा समसामयीक विषयमा छलफल हुने छ ।
यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो । प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो । केन्द्रीय किमिटबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् । पत्नी सीता दाहालको उपचारमा असार ३ गते सिंगापुर गएका नेकपाका अध्यक्ष प्रचण्ड दुई सातापछि आइतवारमात्रै स्वदेश फर्किएका थिए ।