नवलपरासी, २० असार । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् ।
खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् । रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।