काठमाडौं, १९ असार । नेपालका लागि अमेरिकी राजदूत अलाईना बी तेप्लिजले सामाजिक न्यायको क्षेत्रमा जोड दिन सरकारलाई सुझाव दिएकी छन् ।
मंगलबार काठमाडौं विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘पब्लिक पोलिसी प्रोग्राम’ बनाएर संघीयता कार्यान्वयनको काममा तीव्रता दिन नेपाल सरकारलाई सुझाव दिएकी हुन् । सबै तहमा सामाजिक न्याय भए मात्रै जनताले राहत पाउने उनको भनाइ छ ।
राजदूत टेप्लिजले नेपालले समावेशी सिद्धान्तको आधारमा समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरिन् ।