टमाटरमा रोग लागेपछि लाखौं मूल्य बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

टमाटरमा रोग लागेपछि लाखौं मूल्य बराबरको क्षति

tamatar

विमल जैरु,
डडेल्धुरा, १४ असार । डडेल्धुराको अमरगढी नगरपालिका टमाटर खेतीको लागि राम्रो मानिन्छ । तर यो बर्ष टमाटरमा रोग लागेपछि लाखौं मूल्य बराबरको  क्षति भएकाे छ । जसका कारण  कृषक मारमा परेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकाको ढुन्ढुने र बन्ड गाउँमा टमाटर खेती हुने गरेको छ । तर यो बर्ष टमाटर पाक्ने समयमा रोग लागेपछि लाखौं मूल्य बराबरको टमाटर क्षति भएको हाे । कृषकले सिजनमा टमाटरबाट प्रति परिवार दुई लाखसम्म आम्दानी गर्ने गरेका थिए । यो बर्ष टमाटरमा रोग लागेपछि लगानी पनि नउठ्ने भएको भन्दै कृषक चिन्तित भएका छन् ।

खडेरीका कारण टमाटरको दानामा खैरो दाग देखिएको र अहिले कुहिन थालेको अमरगढी नगरपालिका कृषी शाखाका प्रमुख टेकबहादुर बिष्टले बताए । गत आर्थिक बर्षमा १ करोड ५० लाख रुपैंयाँको टमाटर उत्पादन भएको थियो । यो वर्ष रोगका कारण ३५ प्रतिशतले टमाटरको उत्पादनमा कमि आएको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);