किन भएन चीनसँग इन्धन सम्झौता ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

किन भएन चीनसँग इन्धन सम्झौता ?

oli see

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा १० वटा सम्झौता र चार समझदारी भए पनि इन्धन आयात गर्ने विषय समावेश हुन सकेन । भारतीय नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गर्नुभएका ओलीले चीनबाट इन्धन आयात गर्न प्रोटोकल सम्झौता गर्न नसकेपछि आलोचना सुरु भएको छ ।

तत्कालीन परराष्ट्रमन्त्री कमल थापा र चीनका विदेशमन्त्री वाङ यीले दुई देशबीच पेट्रोल तथा ग्यासको दीर्घकालीन व्यापार गर्न प्रोत्साहन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर, प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएको १० वटा सम्झौता र चार समझदारीमा भने इन्धन आयात गर्ने विषय समावेश हुन सकेन ।

चीनलगायत अन्य मुलुकबाट इन्धन आयात गर्ने प्रक्रिया अघि नबढाउनुलाई प्रतिपक्षी दलका नेताले भने आशंकाको दृष्टिले हेरेका छन् । विभिन्न स्थानमा इन्धन भण्डारण बनाउने विषयमा चिनियाँ पक्षसँग छलफल भए पनि कामले गति नलिनु सकारात्मक नभएको उनीहरुको भनाइ छ ।

विश्लेषकहरु भने प्रटोलियम पदार्थ आयत सम्बन्धि प्रोटकलमा सम्झौता नहुन स्वभाविक भएका टिप्पणी गर्छन । विश्लेषक अरुण सुवेदी यो विषय तत्कालका लागि सम्भव नै नभएको दाबी गर्छन । तथापी सम्बन्ध सुधारमा भने भ्रमण उपलब्धीमूलक भएको उनको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म जोड्ने रेल निर्माणलगायतका १० वटा सम्झौता भएको थियो । यससँगै नेपालको कार्गो यातायात सेवाका लागि नेपाल–तिब्बत सीमामा आठवटा नाका प्रयोगसम्बन्धी प्रोटोकलसमेत गरी चारवटा समझदारी भएका छन् ।

यसमा चीनबाट इन्धन ल्याउने विषयमा सम्झौता नभई इन्धन भण्डारण र पेट्रोलियम अन्वेषणकै विषय दोहोरिएका छन् । चीनले नुवाकोट, तनहुँ, काभ्रेमा इन्धन भण्डारण स्थल बनाउन सघाउने जनाएको छ ।