लोकसेवा आयोगमा आमुल परिवर्तन गर्न सकिएन : मैनाली | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

लोकसेवा आयोगमा आमुल परिवर्तन गर्न सकिएन : मैनाली

काठमाडौं, १ असार । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले परिवर्तित सन्र्दभमा आक्रामक रुपमा आयोगलाई आमुल परिवर्तन गर्न नसकिएको स्वीकार गरेका छन् ।

लोक सेवा आयोगको ६८ औ बार्षिकोत्सव समारोहका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले निष्पक्षता र स्वतन्त्रताको सवालमा इतिहास रच्न सफल आयोगले आफ्नो साख गुम्ने भयका कारण अग्रगमन पाईला चाल्न नसकेको बताए ।

उनले आक्रामक प्रवर्तनद्धारा आमूल परिर्वतन गरि अगुवा संस्था हुन नसकेपनि समयको माग अनुसार रुपान्तरण गर्ने प्रयास भने भईरहेको बताए । तल्ला पदहरुमा केही हदसम्म प्रयोग गरिएको एकीकृत परीक्षालाई अब राजपत्रांकित प्रथम श्रेणीमा विस्तार गरिएको उल्लेख गर्दै उनले परीक्षासम्बन्धी गोप्य काम गर्ने शाखा लगायतमा परीक्षाको प्राप्ताङ्क र क्रम दुवै थाहा नपाउने व्यवस्था गरिएको बताए ।

आयोगमा गलत भर्ना नीति र गलत भर्ना प्रक्रियाले प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको भन्दै त्यसलाई उनले मकैमा लाग्ने ढुसी र काठमा लाग्ने धमिराजस्तै भएको संज्ञा दिए । उनले परिर्वतनलाई कुशल व्यवस्थापन गर्न सक्ने जनशक्ति प्रवेश गराउनका लागि औसत मस्तिष्क नभई उत्कृष्ट मस्तिष्क भित्र्याउन सक्नुपर्ने बताए ।

अनलाइन दरखास्त, मोबाईल एप्स लगायत इ सेवा दिँदै आएको आयोगले आगामी श्रावण देखी अनलाईन पेमेन्ट पुर्ण रुपमा लागु गर्ने भएको अध्यक्ष मैनालीले बताए ।

अध्यक्ष मैनालीले नेपालको संविधान बमोजिमको लोक सेवा आयोग ऐन जारी नहुँदा काम गर्न असजिलो भएको भन्दै आयोग सम्बन्धी विधेयक चाँडो संघीय संसदमा प्रस्तुत गर्न सरकारसंग माग गरे । आयोगले तीन बर्षीय रणनीतिक योजना आजै देखि सार्वजनिक गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);