मुलुक दुर्घटनामा पर्ने खतरा : रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

मुलुक दुर्घटनामा पर्ने खतरा : रामचन्द्र पौडेल

ramchandra paudel

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले दुई तिहाई बहुमतको दम्भमा अघि बढेको सरकारको महत्वकांक्षाले मुलुकलाई अनिष्ठ तर्फ धकेल्न सक्ने भन्दै प्रजातन्त्रवादीलाई सजग हुन आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार सञ्चालनका लागि आवश्यक बहुमत हुँदा हँुदै दुईतिहाई पुर्याएर कार्यकारी राष्ट्रप्रमुखको प्रसंग उठाउनुले अनिष्ठको संकेत गरेको बताए ।

असिमित महत्वकांक्षामा सरकार र सरकारमा सहभागी दलका नेताहरु अघि बढेकाले मुलुक दुर्घटनामा पर्ने खतरा बढेकोे उनको तर्क थियो । नेताहरुको महत्वाकांक्षाले मुलुकलाई अनिष्ठ तर्फ धकेलेका कैयौ उदाहरणहरु रहेको भन्दै उनले त्यस किसिमको संकटबाट मुलुकलाई जोगाउन सम्पूर्ण प्रजातन्त्रवादीहरु एकजुट हुनुपर्ने बताए ।

नेकपाका नेताहरुले विभिन्न सार्वजनिक समारोहमा कार्यकारी राष्ट्रपतिको व्यवस्थाका बारेमा अभिव्यक्ति दिन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत संबैधानिक राष्ट्रपतिको पक्षमा रहेका दलहरुले सरकारको नियतप्रति शंका व्यक्त गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);