एजेन्सी, २३ जेठ । ग्वाटेमालमा पुुनः ज्वालामुुखी बिष्फोट भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार ज्वालामुुखी बिष्फोट भएयता ७५ जनाको मृत्युु भइसकेको छ भने २ सय भन्दा बढी मानिसहरु हराइरहेका छन् । ज्वालामुुखी बिष्फोटका कारण १७ लाख मानिस विस्थापित भएका छन् ।
आइतवार बिष्फोट भएको फोएगो ज्वालामुुखी फेरि बिष्फोट हुनथालेपछि उद्धारकर्ताहरुले वरपरका मानिसलाई सुरक्षित स्थानतर्फ लगेका छन् । ज्वालामुुखीका कारण १७ लाख मानिसहरु प्रभावित भएका छन् ।
भीरमा रहेका गाउँहरु ज्वालामुखी बिष्फोटका कारण उत्पन्न खरानी र हिलोले छोपिएका छन् । ज्वालामुुखी बिष्फोटबाट निस्किएको खरानी र हिलो खतरनाक भएको बिशेषज्ञहरुले बताएका छन् ।
ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीब्र बेगमा खरानी र लाभा निस्किदा ४ हजार भन्दा बढीलाई प्रभाबित क्षेत्रबाट उद्धार गरिएको जनाइएको छ ।
पहाडी क्षेत्रमा अकस्मात ज्वालामुुखीको गतिबिधि बढेपछि ठूूलो परिमाणमा भग्नाबेश र चट्टानसहितको भेल बग्दा मानिसहरु आतंकित बनेका छन ।