प्राविधिक शिक्षातर्फ छात्रवृतिको सुरुवात गर्ने क्यानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

प्राविधिक शिक्षातर्फ छात्रवृतिको सुरुवात गर्ने क्यानको घोषणा

काठमाडौं, २१ जेठ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एशोशिएसन नेपाल क्यानले यस बर्ष देखि प्राविधिक शिक्षातर्फ छात्रवृतिको सुरुवात गर्ने घोषणा गरेको छ ।

सोमवार राजधानीमा क्यान तथा लर्डबुद्ध एजुकेसन फाउन्डेसनले संयुक्त पत्रकार सम्मेलन गरी आर्थिक रुपले विपन्न सातवटै प्रदेशका ४९ जना जेहेन्दार बिद्यार्थीलाई प्राविधिक शिक्षातर्फ छात्रवृति दिने घोषणा गरेका हुन् ।

‘नेसनल आइसिटी स्कलरसिप २०७५’ नाम दिएको छात्रवृति क्यान तथा लर्डबुद्ध एजुकेसलन फाउन्डेसनको सहकार्यमा प्रदान गरीने बताइएको छ । छात्रवृतिमा प्रत्येक प्रदेशबाट एक जनाले पूर्ण तथा बाँकी छ जनाले आंशिक पाउनेछन् ।

छात्रबृतिको लागि मान्यताप्राप्त शैक्षिक संथाबाट ५० प्रतिशत अंकसहित उच्चमाध्यिामिक तह उतिर्णं बिद्यार्थिले क्यान महासंघको वेबसाइट र लर्डबुद्ध एजुकेस फाउन्डेसनको वेबसाइटबाट जुलाइ १८ तारिकभित्र आवेदन दिन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);