शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने बताएका छन् ।

आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । यसैगरी स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने छ ।

आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड विनियोजन गरेको छ । सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर पारेको छ । २ वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने छ ।

शिक्षक दरबन्दी पुनर्संरचना गरिने छ । सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने छ । सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय खडा गरिने छ । भिजिट नेपाल २०२० सञ्चालन गरिने छ । प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);