सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

सभामुख र उपसभामुख एउटै दलबाट, अब के हुने?

samsadh

काठमाडौं, ५ जेठ । एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सभामुखमा माओवादीबाट कृष्णबहादुर महरा र उपसभामुखमा एमालेबाट डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएका थिए। एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि अब सभामुख र उपसभामुखका विषयमा के हुने भन्ने चर्चा सुरु भएको छ।

संविधानको धारा ९१ (२) ले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलबाट हुनुपर्ने व्यवस्था गरेको छ। संविधानको प्रतिबन्धात्मक वाक्यमा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलका सदस्य सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन भनिएको छ।

राष्ट्रिय जनता पार्टीका सांसद तथा कानुनविद् लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुख एउटै पार्टीको भएकाले अब एउटाले राजीनामा दिएर बाटो खोल्नुपर्ने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);