पार्टी एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा दिपावली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

पार्टी एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा दिपावली

dipawali

काठमाडौं, ४ जेठ । पार्टी एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दिपावली गरेका छन् ।

राष्ट्रिय सभागृहको सभा हलबाट पार्टी एकताको घोषणा गरिएलगत्तै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले देशका ठाउँठाउँमा दिपावली गरेर खुशीयाली मनाएका हुन् । कार्यकर्ताले पार्टी एकतासँगै चुनावअघि जनतासामु व्यक्त गरेको समृद्धिको सपना पूरा अब पूरा हुने विश्वास गरेका छन् ।

केही दिनअघिसम्म एकता हुने/नहुने आशंका कायम रहेकामा नेताहरुले एकताको घोषणासँगै अब समृद्धिको सपना पूरा गर्न कटिबद्ध भएर लाग्ने उद्घोष गरेका कारण कार्यकर्ता उत्साही भएका हुन् । एकतासँगै करिब दुई तिहाई नजिकको सरकार पाँच वर्षसम्म कायम रहने पक्का भएका कारण पनि कार्यकर्तामा खुशीको सञ्चार भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);